समृद्ध नेपालको अध्यक्ष जयराम संज्याल



कोहलपुर,२१ माघ/  बाँकेको कोहलपुुरस्थित समृद्ध नेपाल नयाँ कार्यासमिति चयन सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै ‘‘कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुरले अबका दिनहरुमा समृद्ध नेपाल जस्तै कोहलपुरलाई पनि समृद्ध बनाउने छ, म र कोहलपुर नगरपालिका समृद्ध नेपालका लागि सधै तत्पर रहने छौ ।’’

अबका दिनहरुमा समृद्ध नेपालका नयाँ कार्यासमितिको सफललाको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै वडा नं. ११ अध्यक्ष कर्ण बहादुर थापाले यूवाहरुले समाज परिवर्तको मूख्य पात्र हुन् ।

‘‘यूवाहरुलाई अगाडि बढ्नको लागि जस्तो सुकै काम गर्ने पनि तयार छु’’ भन्दै समृद्ध नेपालका नयाँ कार्यासमितिलाई शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै नयाँ कार्य समितिका अध्यक्ष जयराज संज्यालले ‘‘हामी समृद्ध नेपाल समृद्ध कोहलपुर चाहान्छौ’’ त्यसको लागि हजुरहरुको सहयोगको आवश्यकता परेको छ ।

‘‘हामीले कोहलपर तगायत सबै नेपालीको हितको लागि काम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्दछु’’ उनले भने समृद्ध नेपाल संगठनले अनाथ, असाहाय, गरीब बालबालिको हकहितको लागि काम गर्नेछ ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावत, कोहलपुर इलाका प्रहरी निरिक्षक नवराज पोख्ररेल, वडा नं. ११ अध्यक्ष कर्ण बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै नयाँ कार्यसमितिमा अध्यक्षमा जयराज संज्याल, उपाध्यक्ष मेनुका बुढाथोकी, सचिव तुल्सी सुनार सह सचिव दिपेन्द्र कुमार थापा, सदस्य रोवन दहाल क्षेत्री, गणेश रेग्मी, प्रमोद थापा, मिमराज जैसी, दिपा विसी, प्रदिप वली, शि.पी. तिमिल्सेना लगायतको नयाँ कार्यासमिति बनेको सल्लाहाकार बागेश्वरी क्याम्पसका स्ववियू सभापति दिनेश केसीले
बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २१ गते आइतबार