बाँसगढी महोत्सवमा मंगलमको टिमले बनायो मंगल



बाँसगढी,१६ माघ/    दोस्रो बाँसगढी महोत्सवमा नेपाली कथानक चलचित्र ‘मंगलम’को टिमले महोत्सवलाई थप मंगलमय बनाएको छ ।.

नेपाली चलचित्र मंगलमको टिम सँगै लोकदोहोरी गायक रामजी खाँड र मोडल आरुसी अस्लामी मगरलाई हेर्न हजारौ दर्शकहरुको महोत्सवमा घुइँचो लागेको थियो ।

चलचित्र ‘मगलम’की नायिका सिल्पा पोख्रेल, नायक द्धय पुष्प खड्का, पृथ्बी राज प्रसाई, निर्देशक नवल नेपाल, निर्माता छबिराज ओझाको उपस्थितिले दर्शकहरुलाई उल्लास सँगै मेलालाई नै मंगल बनाएको आयोजकले जनाएको छ ।

त्यस्तै लोकदोहोरी गायक रामजी खाँड्को प्रस्तुतीले पनि दर्शकहरुलाई छमछमी नाच्न बाध्य तुल्यायो । उनले दामी देखिन्छौ, अमिलो रसैले, झम्के मायाँले, छलछल पानी, फुलफुलेर पहेल्यै भयो, सरर आँउ मायाँ जस्ता चर्चित गितहरु गाएर दर्शकहरुलाई मनोरञ्जनका साथै छमछमी नचाएका थिए ।.

रामजी खाँडले गाइरहदा दर्शकहरुको भिडलाई धाम्न सुरक्षाकर्मीहरुलाई हम्मे–हम्मे भयो । महोत्सवमा चर्चित मोडल आरुसी अस्लामी मगरको नाँचले पनि दर्शकहरुलाई थप उर्जाशिल बनायो ।.

अन्य दिन भन्दा सोमबारको दिन मेलामा व्यापार समेत बढेको व्यवसायीहरुले बताएका छन् । महोत्सवमा आज (१६ गते मंगलबार) लोकदोहोरी गायक बद्री पंगेनी, मोडल टिका जैसी लगायत चर्चित राष्ट्रिय कलाकारहरुको आगमन हुने प्रचारप्रसार उपसमिति संयोजक शंकर शर्माले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १६ गते मंगलबार