नेपालगञ्ज,१५ माघ/ चलचित्र “मंगलम” यही आउदो फागुन २५ गतेदेखि नेपालअधिराज्य भर प्रदर्शनमा आउने भएको छ ।
छविराज प्रोडक्सनको व्यानरमा निर्माण भएको मंगलम चलचित्रमा नायिका शिल्पा पोखरेल रहेकी छन् भने कार्यकारी निर्माता छविराज ओझाको रहेको छ ।
मंगलम चलचित्र फागुन २५ गतेदेखि आउने भएपछि चलचित्रका सम्पुर्ण युनिट टिम प्रचारप्रसारमा लागेका छन् ।
मंगलमले शुभ कार्य गरेको संकेत गर्दै युनिट टिम आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराएका छन् ।
नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ, मिथिला शर्मा र सामाज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्रका निर्देशक नवल नेपालले जानकारी गराउनुभयो ।
बम्पर उपहार बोल दिइएको गीतले सर्वाधिक चर्चा कमाई सकेको कलाकार शिल्पा पोखरेलले बताउनुभयो ।
मंगलम चलचित्रमा माया प्रेमका कुरामा बढि जोड दिएको समेत कलाकार पोखरेलले बताउनुभयो ।
आमाबुवा, दिदिवहिनी संगै वसेर मजाले हेर्न सक्ने खालको चलचित्र बनेको कलाकार पोखरेलले बताउनुभयो ।
आफ्ना सवै रहर मारेर जिवन जिउन जति दुख हुन्छ सुख पनि त्यसै भित्र पाईन्छ भन्ने र खाली मान्छेको मन हुनपर्छ भन्ने सारका साथ यस चलचित्रलाई बढि जोड दिइएको कार्यकारी निर्माता छविराज ओझाले बताउनुभयो ।
चलचित्रले जिन्दगीको अप्ठ्यारोमा किनारामा बाचेको त्यो मान्छेलाई सहयोग गर्दा पुण्य मिल्ने जस्ता भुमिकालाई मुख्य उद्देश्यका साथ राखिएको निर्माता ओझाले बताउनुभयो ।
मंगलम चलचित्रको निर्माता दिजेन्द्र शाक्य, साकार ओझा, ओम गुरुङ रहेका छन् । कथा पटकथा गोविन्द फुयालको रहेको छ भने छायाङकन विष्णु घिमिरेले गर्नुभएको छ ।
नृत्य कविराज गहतराजको रहेको छ भने संगित दिपक शर्मा र सम्पादन मित्रदेव गुरुङले गर्नुभएको छ । काठमाण्डौको आसपासमा छायाङकन गरिएको चलचित्रमा ८० लाख लागत रहेको निर्माता ओझाले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्