सुन र चाँदीको मूल्य स्थिर



काठमाडौं,१४ माघ/ आइतबार सुनको मूल्य स्थिर रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५७ हजार ४ सय मै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि स्थिर रहेर ७ सय ६० मै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार