सामाजिक उद्यमीको दास्रो वार्षिक साधारण सम्पन्न



कोहलपुर,१४ माघ/  सामाजिक उद्यमी जिल्ला सहकारी संघ लि.बाँकेको दास्रो वार्षिक साधारण सभा शनिबार राप्तीसोनारी—९ ढकेरीमा सम्पन्न भएको छ । साधारण सभाको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले दिप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन् ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी तथा राप्तीसोनारी गाउँपालिक उपाध्यक्ष धनी कुमारी खत्रीले महिलाहरुले सहकारीको स्थापना नै संञ्चालन गरेर उदाहरणीय काम गरेको बताईन । यसको विकासमा गाँउपालिकाले गर्नूपर्ने पुर्ण सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाईन ।

त्यस्तै गाउँपलिका प्रमुख लाहुराम थारुले छरिएर रहेका सीपहरु लाई सहकारी मार्फत एकिकृत गरेर निकै राम्रो काम गरेको बताए । राप्तीसोनारीका बासिन्दालाई बाढीबाट प्रभावित हुँदा उद्दार तथा राहत वितरणमा समेत सामाजिक उद्यमी जिल्ला सहकारीले निकै उदाहरणीय काम गरेको भन्दै उनले सहकारीको प्रशंसा गरेका थिए ।

सभामा सामाजिक उद्यमी जिल्ला सहकारी संघ लि.बाँकेकी अध्यक्ष गंगासरी चन्द ठकुरीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन । त्यस्तै संस्थाकी कोषाध्यक्ष यमी बोहराले आर्थिक तथा लेखा समिती सयोजक धर्मा थापाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा सबैभन्दा धेरै ३ सय ७७ वटा खसी बेच्ने नयाँ सिर्जनसिल सामाजिक उद्यमी सहकारी संस्था राप्तीसोनारी— ६ टेपरीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

सभामा कोहलपुर नगर सरकारका कार्यपालिका सदस्य भिम नेपाली महिला उपकार मंचकी विजुला अधिकारी,हेफर इन्टरनेशनल का कार्यक्रम अधिकृत शरद पोखरेल, नेपाली काँगे्रस राप्तीसोनारी—९ का सभाति सिरधर उपाध्याय लगायतले आफ्नो भनाई राखेका थिए । संघमा जिल्लामा रहेका १५ वटा महिला उद्यमी सहकारी संस्थाहरु छन

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार