खुसीको खबर- कोरियामा रहेका नेपाली कामदारहरुले आफ्नो परिवार लान पाउने व्यबस्था गरिदै



किशन गौतम
दक्षिण कोरियाका लागि नवनियुक्त श्रम कन्सुलर डिल्लीराम बास्तोलाले रोजगारीका लागि कोरिया आएका श्रमिकका परिवार लाइ कोरिया भिजिटको ब्याबस्था मिलाउन एचआरडी तथा यहाको श्रम मन्त्रालयमा कुरा राख्ने बताएका छन्
गत आइतबार राजधानी सोल स्थित नेपाल हाउसमा एनआरएन कोरिया तथा आदिवासी जनजाती महासंघले राखेको स्वागत तथा एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कन्सुलर बास्तोलाले कोरियामा डिप्रेसनका बिभिन्न कारण मध्ये पारिवारिक कारण पनि जिम्मेवार रहेको बताए l एकातर्फ लामो समय सम्म परिवार संग बिछोडिएर बस्नु पर्ने पिडा छ भने अर्को तर्फ परिवार बाट आबस्यकता भन्दा धेरै अपेक्षा गरिनुले पनि मानसिक तनाब बढाईरहेको हुन सक्छ उनले भने l पारिवारिक बिछोडका कारण निम्तिने डिप्रेशनलाइ कम गर्न उनीहरुका परिवारलाइ छोटो अबधिको लागि भएपनि कोरिया भ्रमणको ब्याबस्था मिलाउन एचआरडी कोरियालाई अनुरोध गर्ने बताए
एचआरडी कोरियाले निबन्ध प्रतियोगिता गरेर उत्कृष्ट हुनेको परिवार लाइ कोरिया भ्रमणको ब्याबस्था मिलाएको भएता पनि त्यो प्रयाप्त नभएको भन्दै उनले आगामी दीनमा के कसरि हुन्छ बिभिन्न स्किम हरु बढाएर अधिकतम कामदारको परिवारलाइ कोरिया झिकाउनको लागि एचआरडी मार्फत प्रयत्न गर्ने बताए त्यसको लागि समय लागेपनि असम्भब भने नरहेको उनको भनाइ थियो
कार्यक्रममा परिवारले दिने तनाब लाइ कम गर्न इपिएस तालिम केन्द्र भैसेपाटीमा कामदारको परिवारका एकजना सदस्यलाइ अनिवार्य रुपमा उपस्थित गराएर एकदिने प्रशिक्षण समेत दिनु पर्ने श्रम कन्सुलर मार्फत सुझाब दिइएको थियो
कोरियाको काम र यहाको वास्तविकता संग निकै नजिक मानिने बास्तोला इपिएस कोरिया शाखाका पुर्व निर्देश समेत हुन् कोरिया शाखामा रहदा एचआरडी कोरिया बाट बेस्ट प्राक्टिस आउट स्टान्डीङ् अवार्ड हात पारेका उनले नेपाल स्थित कोरियन दुतावास वाट लेटर अफ एप्रीसिएसन समेत प्राप्त गरेका छन्
‘यो पनि हेर्नुहोस (कोरियामा नेपालीका समस्या समाधान गर्ने कोरियन प्रहरीको प्रतिबद्धता, हरेक सकेको सहयोग गर्ने)
नेपालीको समस्याप्रति चासो दिदै दक्षिण कोरियाको ह्वासङ प्रहरीले समस्या निराकणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेको छ । हिजो आइतबार नेपाली दुतावासमा महामहिम राजदूत अर्जुन जंगबहादुर सिंह, उपनियोग प्रमूख किरण शाक्यसँगको भेटघाटमा ह्वासङ प्रहरीले यस्तो प्रतिबद्धता ब्यक्त गरेको हो ।
ह्वासङस्थित फारानका प्रमूख योङ फिल यो सहित पाँच जना प्रहरीको टोलीले नेपालीका समस्या समाधानका लागि प्रहरी के सहयोग गर्न सक्छ भनेर दुतावाससँग सल्लाह, सुझाव लिन गएको थियो । कोरियन प्रहरी नेपालीको बढ्दो मानसिक रोगबाट पिडित, आत्महत्या, औद्योगिक दुर्घटना लगायत घटनाप्रति चिन्तित देखिएका छन् । डिप्रेसन र आत्महत्या न्यूनिकरणका लागि ह्वासङ प्रहरीले विदेशी सहयोग केन्द्रसँग सहकार्यमा फारानमा तनाब व्यावश्थापन सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।
हिजो राजदूतावासमा महामहिम राजदूतसँगको भेटमा ह्वासङ प्रहरीले आफुले यस अघि नेपाली तथा विदेशी कामदारको स्वास्थ्य र अन्य समस्या न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गरिएको जानकारी गराएको थियो । भने आगामी दिनमा दुतावासका अधिकारीको उपस्थितिमा कार्यक्रम गर्न चाहेको बताएका थिए ।
विशेष सम्मान सहित स्वागत गरेका राजदूतले नेपालीप्रति प्रहरीले देखाएको माया, सद्भाव र नेपालीका समस्या समाधान गर्न पहल गरेकोमा ह्वासङ प्रहरीलाई धन्यावाद दिनु भएको थियो । दुतावासले ह्वासङ क्षेत्रमा हुने अपराधिक घटनामा नेपालीको संलग्नता भए नभएको, कम्पनी मालिकबाट उनी माथि हुने दुव्र्यवहार लगायतका घटना समधानका लागि प्रहरीसँग सहयोग चाहेको राजदूत सिंहले बताउनु भएको थियो । प्रहरीले नेपालीसँग सम्बन्धी रिपोर्ट आए दुतावासलाई जानकारी गराउन सकिने बताएको थियो ।
दोभाषे तथा संयोजनको भुमिका खेलेका दिपक बन्जाराले ह्वासङ तथा कोरियाका विभिन्न क्षेत्रका कार्यरत नेपालीका समस्या र त्यसका लागि दुतावासले आवश्यक अभिभावकिय भूमिका खेल्न सुझाव दिनु भएको थियो । दुतावासले पनि सुझावलाई सकरात्मक रुपमा लिदै ह्वासङमा छिट्टै कार्यक्रम गर्न चाहेको बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार