कविन्द्र परियार,५ माघ/ बाँकेको राप्तीसोनारी–९ ढकेरीका बासिन्दाले बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् । नवनिर्वाचित सांसदहरुलाई सम्मान गर्दै वाम गठबन्धनका चुनाव प्रचारप्रसार संयोजक तथा माओवादी केन्द्र राप्तीसोनारी–९ का वडा अध्यक्ष दल बहादुर खड्काले ज्ञापनपत्र बुझाएका हुन् ।
उम्मेदवारहरुका लागि आफुहरुले चुनावमा भोट माग्दा गरेका प्रतिवद्धता सहित २० बुँदे ज्ञापनपत्र बुझाएको अध्यक्ष खड्काले बताए । ज्ञापनपत्र बुझ्दै बाँके क्षेत्र न. १ का प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथकले यतिबेला जिल्ला भित्रका सबै भागहरुका तथ्याङ्क संकलन गर्ने र तत्काल गर्नुपर्ने कामहरुको सुचि बनाई अति आवश्यक कामहरु कामहरु गरिने बताए ।
ढकेरी बाँके जिल्लाको पर्यकिय क्षेत्र भएकोले यस क्षेत्रलाई कृषि पर्यटनका क्षेत्रमा अगाडी बढानु पर्ने बताए । बाँके क्षेत्र नं.१ प्रदेशसभा क) की सांसद कृष्णा के.सी नमुनाले स्थानीयवासीले जे अपेक्षकालागि ज्ञापनपत्र बुझाएका छन सो कार्य पुरा गर्ने प्रतिवद्धता जनाइन ।
आफ्नो राजनीतिकयात्रा ढकेरीबाटै सुरु भएकोले सो क्षेत्रको विकासको लागि कटिवद्ध भएको बताइन । त्यस्तै प्रदेशसभा ख की सांसद आरती पौडेलले आफु सधै जनताका माझमा भएको र जनतासँगै बसेर जनताका काम गर्ने बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जसरी भएपनि नेपालमा एउटामात्र कम्युनिष्ट पार्टी रहने र जन चाहना अनुसारका कार्यहरु हुने बताए । कार्यक्रममा बोल्दै माओवादी केन्द्र राप्तीसोनारी– ९ का वडा अध्यक्ष दल बहादुर खड्काले चुनावका बेलामा आफुहरुले अगुवा कार्यकर्ताको हैसियतले जनताका बीचमा जमानी बसी भोट मागेकाले निर्वाचित सांसदहरुले जनताका माग पुरा गर्नुपर्ने बताए ।
कार्यक्रममा विविध थारु झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । त्यस्तै राप्तीसोनारीको वडा न. ८ शम्शेरगजमा पनि बिहीबार एक कार्यक्रमको आयोजना गरी सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाईएको छ ।
सांसदहरुलाई स्थानिय समस्या र विकास निर्माणका मुद्दाहरु अवगत गराउदै ध्यानाकर्षण पत्र बुझाईएको नेकपा एमाले राप्तीसोनारी ८ का वडा अध्यक्ष कर्ण बहादुर खत्रीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्