कोहलपुर ।
यात्रुलाई आरामदायी सेवा प्रदान गर्नुका साथै सामाजिक सेवामा समेत योगदान पु¥याउने उद्देश्यसहित जय श्री कान्तिपुर यातायात प्रालिले तीनवटा सिंहदरबार एसी बस सञ्चालनमा ल्याएको छ । आइतबार नेपाल यातायात व्यवसायी संघका केन्द्रीय सचिव टंक बस्याल र जय श्री कान्तिपुर यातायात प्रालिका अध्यक्ष थमनबहादुर रोकायाले रिबन काटेर बसको उद्धाटन गरेसँगै बसहरु सञ्चालनमा आएका हुन् ।
प्रतिबस करिब १ करोड २० लाख रुपैयाँ लगानीमा ल्याइएका बसमा यात्रुको सुविधालाई प्राथमिकता दिँदै लग्जरी सोफा सिटसहितको सुविधाहरु रहेको प्रालिका अध्यक्ष थमनबहादुर रोकायाले बताए । उनका अनुसार यात्रुलाई सहज, आरामदायी र सुविधासम्पन्न यात्रा अनुभव प्रदान गर्ने लक्ष्यसहित बस सञ्चालनमा ल्याएको हो ।
लामो दूरीको यात्रालाई सहज बनाउन बसमा आधुनिक सुविधालाई समेटिएको र गन्तव्यसम्म पु¥याउनु मुख्य उद्देश्य रहेको उनले बताए । बसमा व्यवस्था गरिएका लग्जरी सोफा सिटले यात्रालाई थप आरामदायी बनाउने अपेक्षा गरिएको छ।
बसभित्रै शौचालयको सुविधा, एसी, सीसी क्यामरा, टिभी, लग्जरी सोफा सिट उपलब्ध गराइएकाले विशेषगरी लामो दूरीको यात्रा गर्ने यात्रुलाई सहज हुने विश्वास गरिएको उनको भनाइ छ ।
यातायात सेवालाई यात्रुको आवागमनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास पनि प्रालिले गरेको छ । प्रालिले प्रत्येक टिकटबाट मानव सेवा आश्रम र निल सागर सेवा आश्रमलाई सहयोग प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ । यस पहलले यात्रु सेवामार्फत सामाजिक संस्थालाई सहयोग पु¥याउने उद्देश्य राखेको छ । मानव सेवा आश्रम र निल सागर सेवा आश्रमले असहाय तथा सहयोग आवश्यक पर्ने व्यक्तिको सेवामा काम गर्दै आएका छन् ।
टिकटबाट प्राप्त हुने सहयोगले ती संस्थाको सेवामूलक कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, बस सञ्चालन गर्दा नेपाल सरकारले तोकेबमोजिमका मापदण्ड पालना गरिने जनाइएको छ । यात्रुको सुविधा, सुरक्षित यात्रा र निर्धारित मापदण्डअनुसार सेवा सञ्चालनलाई प्राथमिकतामा राखिएको प्रालिले जनाएको छ । यस्तै प्रतिबस करिब १ करोड २० लाख रुपैयाँको लगानीमा तीनवटा बस सञ्चालनमा ल्याएसँगै सुरक्षित यात्रा गर्न नागरिकले पाउनेमा विश्वस्त रहेको सचिव बस्यालले बताए ।
उनका अनुसार यातायात व्यवसायमा प्रतिस्पर्धा बढिरहेका बेला यात्रुलाई सुविधासम्पन्न सेवा उपलब्ध गराउनुका साथै सामाजिक क्षेत्रमा योगदान गर्ने यस्तो पहलले यात्रु सेवाप्रतिको जिम्मेवारीलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ ।
निजी लागानीबाट नागरिकलाई सहज सेवा पु¥याउँदै आएका यातायात व्यवसायीका माग र मुद्दामा ध्यान दिन पनि सरकारसँग माग गरे । उनले आफूले पनि व्यवासायी र सरकारबीचको समस्या समधान गर्न पुलका रुपमा काम गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्