बाँकेको राप्तीसोनारीका बाढी पीडितहरुलाई राहत हस्तान्तरण



कोहलपुर,२६ पुस/   बाँकेको राप्तीसोनारीका स्थानीय बाढी प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।

बेलायती सहयोग नियोग (युकेएड) को सहयोगमा अक्सफाम नेपाल र भेरी वातावरणीय निशिष्टता समूह (वी–ग्रुप) बाँकेको सहकार्यमा वर्षाको समयमा पूर्णरुपमा घर क्षति भएका परिवारलाई रु ५ हजार रकम नगद सहयोग गरिएको हो ।

यसैगरी प्रभावित परिवारलाई जाडोको समयमा आवश्यक बन्दोबस्तीका सामानहरु हस्तान्तरण गरिएको बीग्रुपका कार्यकारी निर्देशक गोपालनाथ योगीले जानकारी गराएका छन् ।

वी–ग्रुप बाँकेले बाढीको समयमा समेत बाढीबाट प्रभावित परिवारलाई आवश्यक सहयोग प्रदान गरेको थियो । राप्ती नदिमा आएको बाढीबाट प्रभावित पूर्ण क्षति भएका परिवारलाई नगद रु ५ हजार, फर्म, कम्मल र त्रिपाल लागायतका सामाग्री बुधवार वितरण गरिएको हो ।

राप्तीबाट प्रभावित फत्तेपुर ७ का १ सय ९० परिवारलाई राहत वितरण गरिएको कार्यकारी निर्देशक योगीले बताए । २०७४ सालमा आएको बाढीले राप्ती नदि आसपासका वासिन्दाहरुलाई हरेक वर्ष प्रभावित बनाउदै आएको छ ।

बाढीले हरेक वर्ष उठिबास बनाउने भएको कारण राप्तीसोनारी –८ सिधनवाका १ सय ६३ घरपरिवार नजिकै रहेको नर्सरीमा बास बस्दै आएका छन् ।

‘सानो टहरा बनाएर बास बसेका छौं ’ सिधनवाका श्रीराम थारुले भने । थारुले थपे ,‘ सिधनवा गाउँमा बस्ने लायक छैन, हरेक वर्ष राप्तीको बाढीले सताउने गर्छ ’।
बाढीले ज्यान जोगाउन धौधौ हुन्छ ,त्यसैले सुरक्षीत बासस्थानको लागि नर्सरीमा सरेको उनले दुखेसो पोखे । यसअघि पनि विग्रुपले बाढी पीडितहरुलाई सहयोग स्वरुप बाँकेको विभिन्न स्थानमा राहत सामाग्री वितरण गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार