कोहलपुर,२६ पुस/ बाँकेमा पछिल्लो समयमा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेको पाइएको छ ।
पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसामा उजुरी दर्ता हुने सिलसिला बढ्ने क्रममा रहेको बाँकेका प्रहरी सहायक निरीक्षक श्याम कुमारी मगरले जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७२÷०७३ मा ३ सय २८, २०७३÷०७४ मा ३ सय ९७ र पछिल्लो आर्थिक वर्षको ५ महिनामै १सय २६ वटा महिला हिंसा सम्बन्धी उजुरी दर्ता भएका छन् ।
त्यस्तै, महिला तथा बालबालिका हराएको विषयमा उजुरीको सङ्ख्या आर्थिक वर्ष ०७२÷०७३ मा ३ सय ५, २०७३÷०७४ मा ३ सय ५३ र पछिल्लो आर्थिक वर्षको ५ महिनामा १ सय ८ छन् ।
महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका उजुरीहरु बारे दुबै पक्षको छलफल गराउँदा सामान्य विषय भएपनि पारिवारिक अज्ञानता, असमझदारी र विचलनले उजुरी दर्ता हुने गरेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्