कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित बाल शिक्षा माध्यमिक विद्यालय भरैयाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा शैक्षि सामग्री वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्रीका अनुसार उपकार लघुवित्त वित्तीय संस्था प्रालि कोहलपुरको व्यवस्थापनमा विद्यालयमा शैक्षिक सामग्री वितरण भएको बताए ।
उनका अनुसार फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत कक्षा एकदेखि कक्षा सातसम्मका बालबालिकाहरूलाई केन्द्रित गरी शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
सो अवसरमा कक्षा १ देखि ५ सम्मका दुई दर्जन विद्यार्थीलाई झोला गरिएको विद्यालयले जनाएको छ । यस्तै सोही विद्यालयमा अध्ययनरत कक्षा ६ र ७ का विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम वितरण गरिएको प्रधानाध्यापक खत्रीले जानकारी दिए । ‘हाम्रो विद्यालयलाई माया गरेर उहाँहरूले सहयोग गर्नु भएको छ । उहाँहरूलाई विद्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु । सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी भूमिका खेल्नु भएकोमा हामी संस्थाप्रति आभारी छौँ,’ प्रधानाध्यापक खत्रीले भने ।









प्रतिक्रिया दिनुहोस्