काठमाडौं, २१ पुस/   नेपाली सेनाले बैंकको रकम हिनामिनाका विषयमा सहायक रथी रमेश विष्टमाथि आन्तरिक छानबिन अघि बढाएको छ । यसका लागि सेनाले समिति नै बनाएको छ ।

छानबिनपछि ‘कोर्ट अफ इन्क्वाइरी’ ले दोषी ठहर सदर गरेमा उनलाई ‘कोर्टमार्सल’ समेत हुनेछ । कृषि विकास बैंकको न्युरोड शाखाबाट हिनामिना भएको ५ करोड रुपैयाँमध्ये ३३ लाखभन्दा बढी विष्टको खातामा देखिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस्तो पाएपछि विष्टलाई सेनाले आफ्नो नियन्त्रणमा राखेर छानबिन थालेको हो ।