बर्दिया,२१ पौष/ राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा बर्दियाको पहिचान अभिवृद्धि गर्न महत्वपुर्ण भूमिका खेलेको दुर्लभ वन्यजन्तु कृष्णसारको उचित व्यवस्थापन,प्रचारप्रसार र त्यस क्षेत्रको पर्यटकीय एंव भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकता दिने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
प्रेस क्लब अफ नेपालले बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन कार्यालयमा आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले कृष्णसार संरक्षणका लागि सरकारी निकाय,जनप्रतिनिधि,पत्रकार, नीजि क्षेत्र र स्थानीय समुदाय सँगसँगै हातेमालो गर्दे अघि बढने बताएका हुन ।
कृष्णसार संरक्षणले दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षण सँगै जैविक विविधता संरक्षण र सम्वद्र्धन सहयोग हुने बताएका छन् । साथै यसबाट स्वदेशी तथा विदेशी पर्यटकको आगमनले स्थानीयको आयस्तर वृद्धि हुनुका साथै बर्दिया जिल्लाको प्रचार समेत हुने विश्वास बढाएको सरोकारवालाहरुले जोड दिएका छन् ।
कृष्णसार संरक्षणमा स्थनीय,प्रदेश तथा केन्द्र सरकार सबैको सामुहिक नीति तथा कार्यक्रम जरुरी रहेको समेत सहभागीहरुले बताए । प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षण अधिकृत पुरुषोतम शर्मा,गुलरिया नगरपालिका वडा नं १ का वडा अध्यक्ष प्रतापकुमार गौतम,२ का वडा अध्यक्ष टंकप्रसाद अधिकारी,३ का वडा अध्यक्ष राजकुमार यादव,४ का वडा अध्यक्ष रामबहादुर रावल,काँग्रेस नेता मुलचन्द यादव,माओवादी केन्द्रका नेता गेहेन्द्र ढकाल,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल लगायतले वस्ती व्यवस्थापन,बबई नदी तटबन्धन ,चरिचरणको समस्या समाधान गरी कृष्णसार संरक्षण ,सम्वद्र्धन र प्रचारप्रसारमा लाग्नु पर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्