कोहलपुर ११ बाँके रेडियोमा साहित्यिक कार्यक्रमको प्रस्तोताका रुपमा पहिचान बनाएकी कोहलपुरकी बाँकेकी पुष्पा शर्मा पछिल्लो समयमा गायिकाको रुपमा परिचत हुन थालेकी छिन । रेडियो प्रतिबोध एफ.एम कोहलपुरबाट प्रसारण हुने साहित्यिक कार्यक्रम अतितको डायरीको संञ्चालिकाको रुपमा काम गदै आएकी पुष्पा पछिल्लो समय बिदाई नामक लोक दोहरी गिती एल्वमबाटउनको चर्चा चुलिएको छ ।
पुष्पाले आफ्नै लय शब्दमा २ वटा लोकदोहोरी एल्वम समेत बजारमा ल्याई सकेको बताउछिन । गायन सँगै अभिनय यात्रालाई समेत संँग– सगै लिइकी पुष्पाले करिब ५ वटा म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन । वि.वि.एस दोस्रोे वर्षमा अध्ययनरत २० वर्षिय पुष्पाले जाजरकोट स्थित रेडियो खलगां एफ.एम बाट समेत कार्यक्रम प्रस्तोताका रुपमा काम गरिसकेकी छिन । सुमधुर स्वरकी धनी पुष्पा वियोगान्त गित गाउन मन
पराउछिन । आकार्षक जिउडालकी धनी पुष्पाले अभिनय गरेका गितहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको बताईन ।
आज भन्दा झण्डै ५ वर्ष अघि रेडियो क्षेत्रमा प्रवेश गरेकी पुष्पा साहित्यिक कार्यक्रम चलादा चलाउदै लोक गायन तर्फ आर्कषण बढेको बताउछिन । पुष्पा भन्छिन, ‘हुन त म सानै देखि गाउथे तर रेडियोकर्मी हँुदै गर्दा थप उत्साह जाग्यो र लोक गायन क्षेत्रमा हाम फाले ’। अब यसै क्षेत्रमा पहिचान बनाउने सोचका साथ लागेकी उनी बताउछिन् । रेडियोले नै मेरो पहिचान बनाएको हो , त्यसैले रेडियो प्रति मेरो प्रगाढ मोहो छ ,उनले भनिन् । चर्चित गायक तथा अभिनेता दुर्गेश थापा र गायक विजय बोहोराको पे्ररणाका कारण गायन क्षेत्रमा सहयोग पुगेको पुष्पाको भनाई छ ।
प्रकाशित मिति : २०७४ पुस ११ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्