कमजोर विद्यार्थीका लागी पारामाउन्ट



कोहलपुर, २० मंसिर/ पढाईमा कम्जोर भएका विद्यार्थीहरुका समस्यालाई मध्यनजर गर्दै कोहलपुर नगरपालिका ११ एन.टि.भी रोडमा पारामाउन्ट विफोर एण्ड अफ्टर स्कुल संञ्चालनमा आएको छ ।
खास गरी आधारभुत तहका कम्जोर तथा समान्य शैक्षिक स्तर भएका विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्ने उद्देश्यका साथ संञ्चालनमा ल्याइएको स्कुलका संञ्चालक विजय अधिकारीले बताए ।

स्कुलमा नियमित तथा बिहान स्कुल जानुभन्दा पहिले र साँझ स्कुलबाट आइसके पछि कक्षा संञ्चालन गरिने भएको छ । खास गरी अंगे्रजी,गणित र विज्ञान विषयमा कम्जोर भएका विद्यार्थीहरुका लागी विशेष जोड दिई कक्षा सञ्चालन गरीने अर्का सञ्चालक टिकाराम शर्माले बताए ।

कक्षामा प्रोजेक्टरको माध्यमबाट अध्यापन गराईने र निजी विद्यालयमा गरिने कक्षावृद्धीका विद्यार्थीहरुलाई छुटेको तहका विषयवस्तुलाई समेत अध्यापन गराईने शर्माले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार