होप फर चिल्ड्रेनद्वारा न्यानो कपडा वितरण



कोहलपुर ।

होप फर चिल्ड्रेन कोहलपुर परियोजनाले आर्थिक रुपमा विपन्न बालबालिकाहरूलाई न्यानो कपडा कम्बल वितरण गरेको छ । कोहलपुर नगरपालिकाभित्र रहेको आफ्नो कार्यक्षेत्रका विपन्न तथा असहाय बालबालिकाहरूलाई आइतबार न्यानो कपडा कम्बल वितरण गरिएको हो ।

परियोजनाको कार्यक्षेत्रभित्र रहेका विपन्न बालबालिकाहरूलाई थोरै भए पनि राहत हुने हेतुले न्यानो कपडा कम्बल वितरण गरिएको परियोजना कोहलपुरका संयोजक नवीन खत्रीले बताए । परियोजनाको कार्यक्षेत्र कोहलपुर नगरापलिका १०, ११ र १३ नम्बर वडाका दुई सय ५० जना विपन्न बालबालिकालाई न्यानो कपडा कम्बल वितरण गरिएको उनले बताए ।

परियोजनाले सामाजिक कार्य गर्दै आइरहेको उनको भनाइ छ । विगतका दिनहरूमा पनि विपन्न बालबालिकालाई शैक्षिक समाग्री र कपडाहरू वितरण गरेको उनले बताए । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्मा र कोहलपुर–१३ का वडाध्यक्ष डम्बरबहादुर खड्काले न्यानो कपडा कम्बल विपन्न बालबालिकालाई वितरण गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार