उज्यालो नेपालले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक



काठमाडौं । उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक बोलाइएको छ । शनिबार अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता प्रक्रिया भाँडिएसँग केन्द्रीय समितिको बैठक बोलाइएको हो । कुलमान घिसिङ उपसभापति पद हुने गरी दुई पक्षमा सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन ।

समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागु नभएको उज्यालो नेपालले जनाएको छ । पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपा पक्षले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार