विवेकशीलकी रञ्जु दर्शना नेपालगञ्जमा



नेपालगन्ज, १५ मंसिर/ गत स्थानीय तहको निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि चर्चामा आएकी र सम्मानजनक मत ल्याएकी रञ्जु दर्शना विवेकशील साझा पार्टीको चुनावीसभालाई सम्वोधन गर्न नेपालगञ्ज आएकी हुन् ।

विवेकशीलकी केन्द्रीय सदस्य समेत रहेकी दर्शनाले नेपालगञ्जमा भएको चुनावी सभालाई सम्वोधन गर्दै विभिन्न राजनीतिक दलहरुका प्रतिवद्धता पत्रमा देखाइएका सपना पुरा नहुने खालका रहेका बताइन् ।

जनताले विभिन्न समयमा राजनीतिक चावी उनीहरुलाई दिएको बताउदै उनीहरुले देश बनाउने भन्दा पनि देश लुट्ने गरेकोले अब जनताले देश लुट्नेहरुलाई राजनीतिक चावी दिन नहुँने बताइन् ।

यस्तै उनले अब नेपालको राजनीति टायर बालेर होइन फुल रोपेर हुनुपर्ने बताउदै फुल रोप्नलाई मिहिनेत लाग्ने र टाएर बाल्नलाई त्यति समस्या नहुने भएकाले दलहरुले त्यस्तै संस्कार बसाएको बताइन् ।

यस्तै विवेकशील साझा पार्टीका बाँके क्षेत्र नं. २ का प्रदेश सभाका उम्मेदवार विनोद कर्णले विवेकशील पार्टीका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन आग्रह गरे । उनले आफू विजयी भएमा सफा र समृद्ध नेपालगन्जको सुरुवात गर्ने दावी समेत गरे ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १५ गते शुक्रबार