‘जात्राकेयर’ बीमा योजना सार्वजनिक



काठमाडौँ ।

नेपालको अग्रणी डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई सुरक्षित र उत्साहपूर्णरूपमा मनाउन ‘जात्राकेयर’ बीमा योजना सार्वजनिक गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रूपैयाँमा उपलब्ध हुनेछ ।

असोज ७ गतेदेखि असोज १३ गतेसम्म ७ दिन लागू हुने यस योजनाले जात्रा मनाउने क्रममा हुनसक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग गर्नेछ । बीमा योजना अन्तर्गत कूल २ लाख ३० हजार रूपैयाँसम्मको सुरक्षा प्रदान गरिनेछ ।

जसमा दुर्घटना बीमा अन्तर्गत २ लाख २० हजार रूपैयाँ र अस्पताल खर्च सहायताअन्तर्गत १० हजार रूपैयाँको सुविधा उपलब्ध हुनेछ । इसेवाले जात्रा पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय रूपमा मनाउन सबैलाई सचेत रहन आग्रह गर्दै ‘जात्राकेयर’ बीमा योजनाको लाभ लिन अनुरोध गरेकोछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार