कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा रसुवा बाढी प्रभावित घाइतेको उपचारका लागि रक्तदान तथा विपद्मा पत्रकारहरूको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । सञ्चारिका समूह बाँकेको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा र रक्तसञ्चार केन्द्र कोहलपुरको सहकार्य तथा समन्वय रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समूहको आयोजनामा बुधबार ८ बजेदेखि ११ वर्षसम्म रत्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । रक्रदान कार्यक्रममा ३५ प्वाइन्ट रगत संकलन गरिएको सञ्चारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियारले बताइन् ।
रक्तदान कार्यक्रम सकिएपछि अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको हो । अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले विपद्को समयमा पत्रकारहरूको भूमिका सत्य तथा तथ्यमा आधारित हुनुका साथै सन्तुलित हुनपर्नेमा जोड दिएका थिए । विपद्को समयमा पत्रकारहरूले सरकारका राम्रा कामको प्रशंसा गर्नुका साथै खबरदारीसमेत गर्नुपर्ने उनीहरूको भनाइ थियो । अन्तक्र्रियामा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले विपद्मा समयमा ज्यान जोगाउनुपर्ने बताए ।
उनका अनुसार समाचार संप्रेषण मात्रै नभएर सूचनाका माध्यमबाट मानवीय जीवन बचाउने काम गर्नुपर्छ । विपद्का समयमा पत्रकारहरूले अफवाह र गलत सूचना गर्न नहुने अध्यक्ष चौलागाईले बताए। यस्तो बेलामा स्थानीय तह, सुरक्षा, प्रशासन र रेडक्रस लगायतका निकायसँग प्रभावकारी समन्वय अत्यावश्यक रहेको उनको भनाइ छ । कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले सञ्चारकर्मीहरूलाई समाजका हेर्ने नजर सकारात्मक हुने भएकोले विपद्को समयमा झन् जिम्मेवार पूर्णरूपमा काम गर्नुपर्ने बताए ।
उनका अनुसार रसुवा बाढीबाट कोहलपुरसमेत प्रत्यक्ष रूपमा प्रभावित बनेको छ । विपद्को समयमा नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै बाढीमा निधन भएका कोहलपुरका मृतकका परिवारलाई सहयोग गरिरहेको संयोजक विश्वकर्माले जानकारी दिए । नेपाल पत्रकार महासंघ बाँकेका महिला उपाध्यक्ष करूणा शाहले विपद् कोषमा आर्थिक सहयोग रकम जम्मा गरेको बताएकी थिइन् । नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष डिलप्रसाद गौतमले सञ्चारकर्मीहरू पूर्वसूचनामा प्रणालीमा जोडिनुपर्ने बताए ।
सञ्चारिका समूह बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले विपद्को समयमा सञ्चारकर्मीहरूको भुमिका अन्य बेलामा झन् महत्वपूर्ण हुने बताइन् । प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले विपद्मा पत्रकार आफू सुरक्षित रहने र आफ्नो कर्म गर्नु महत्वपूर्ण पाटो भएको बताए । राज्य र राज्यका निकायहरूलाई सकारात्मक कामको प्रचारप्रसार मिडियाले गर्नुपर्ने उनको भनाइ छ । अन्तक्र्रिया कार्यक्रमको सुरुमा मैन बत्ती बालेर रसुवा बाढीमा निधन भएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थिए । रक्तदान तथ अन्तक्र्रिया कार्यक्रममा बाँकेका पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्