प्रधानमन्त्री भेट्न नपाएको सांसद स्वाँरको गुनासो



धनगढी ।

अछामबट विजयी काँग्रेस सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्री वालेन्द्र शाहलाई चार महिनासम्म प्रयास गर्दा पनि भेटन् नपाएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै स्वाँरले सरकार र प्रधानमन्त्री शाहको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।

सांसद स्वाँरले आफूले सुदूरपश्चिम र अछामका विकास निर्माणका समस्या राख्न २१ चैतदेखि प्रधानमन्त्रीसँग समय मागे पनि भेट नपाएको गुनासो गरे । ‘तपाईँ कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? यो समग्र सुदूरपश्चिम र अछामका जनतामाथि गरिएको अपमान हो,’ उनले भने । उनले प्रधानमन्त्रीलाई सुदूरपश्चिमका जनतालाई देखावटी माया नगर्न समेत आग्रह गरे ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार