जनकपुरधाम ।
तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।
अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन् । भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन्।
प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्