काठमाडौं ।
३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् । बाटिक एयरको उडानबाट काठमाडौंबाट मलेसिया जान लागेका बंगललादेशी नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
अवैध विदेशी मुद्रासहित प्रहरीले मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई पक्राउ गरेको हो ।उीहरूबाट मलेसियन रिंगेट, अमेरिकन डलर, नेपाली रुपैयाँ गरी ३१ लाख ५१ हजार रुपैयाँ बराबर बरामद भएको छ । पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।
प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्