कञ्चनपुर ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्याउने सेवा सुरु गरेको छ ।सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरेको छ ।सो सेवा सुरु भएपछि सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय कञ्चनपुरबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएको छ । सेवाग्राहीको मागअनुसार राहदानी सिधै घरमै पुर्याइने व्यवस्था गरिएको छ । रासस
प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्