ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’



तनहुँ ।

गाउँ पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरमा दुईदिने ‘होमस्टे मार्ट’ सुरु भएको छ।नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) को सहआयोजनामा मार्ट आयोजना गरिएको हो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार मार्टका क्रममा बन्दीपुर र आपसका पर्यटकीयस्थलका साथै रुम्सी होमस्टे, रामकोट होमस्टे, सिद्ध गुफालगायत स्थानको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीलाई भ्रमण गराइएको थियो।मार्टका माध्यमबाट बन्दीपुर ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबाबु थापाले बताए ।

बन्दीपुर भ्रमण वर्ष २०२५पछि पुनः बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष घोषणा गरिएकोभएका अवस्थामा मार्ट यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे।मार्टमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटा जिल्लामध्ये म्याग्दीबाहेक सबै जिल्लाका २९ वटा होमस्टेका प्रवर्द्धनकक्ष समावेश छन् । गाउँ पर्यटनसम्बन्धी विभिन्न विषयमा छलफलका पनि आयोजना भएका छन्। रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार