सीजीको नयाँ फ्रस्टलाइन कुलर लाइनअप सार्वजनिक



काठमाडौँ।

सीजी ब्रान्डले गर्मीलाई लक्ष्य गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज ‘फ्रस्टलाइन’ बजारमा ल्याएको छ । कम्पनीको नयाँ वार्षिक अभियान ‘एक्स्पिरियन्स लाइफ विथ सीजी’अन्तर्गत सार्वजनिक यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिनेछ ।

सीजीले यस वर्ष ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो डेजर्ट कुलर पोर्टफोलियोमा नितान्त नयाँ फ्रस्टलाइन रेन्ज थप गरेको छ । यसमा विशाल ट्यांकी छ । ११० लिटर र ९५ लिटरमा यो उपलब्ध छ । यो बजारमा उपलब्ध कुलरमध्ये सबैभन्दा ठूलो क्षमता भएको कम्पनीको दाबी छ । यसले पटक–पटक पानी भर्ने झन्झटबाट मुक्ति दिनेछ ।

यस्तै मिड–रेन्ज मास्टर फ्रस्टलाइन ७५ लिटर र ५५ लिटरमा उपलब्ध छ । यसले सानो र मध्यम कोठामा शक्तिशाली कुलिङ प्रदान गर्नाका साथै कम बिजुली खपत गर्दछ । नेपाली बजारमा सीजीका कुलर आफ्नो कार्यक्षमता र टिकाउपनका कारण विगतदेखि नै लोकप्रिय छन् । सीजीले ग्राहकको फरक–फरक आवश्यकतालाई ध्यानमा राख्दै डेजर्ट कुलर, कमर्सियल कुलर, पर्सनल कुलर, टावर कुलर र विन्डो कुलर गरी ५ विधामा कूल २८ वटा मोडल बजारमा उपलब्ध गराएको छ ।

यी कुलर २२ लिटरदेखि १२५ लिटरसम्मको विशाल क्षमतामा उपलब्ध छन् । नेपाली बजारले पहिलेदेखि नै यी २८ वटै मोडललाई रुचाएको र विश्वास गरेको छ । यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ फ्रस्टलाइन रेन्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत बनाउने विश्वास गरिएको छ ।

यी कुलरमा डबल बल बेरिङ मोटर छन् । यो शक्तिशाली र टिकाउ मोटर हो जसले लामो समयसम्म बिनाकुनै अवरोध शान्त र प्रभावकारी कुलिङ प्रदान गर्दछ । आइस च्याम्बरमा थप चिसो हावाका लागि बरफ राख्ने सुविधा छ । उच्च घनत्व भएको प्याडले लामो समयसम्म चिसोपन कायम राख्छ । कोठाको प्रत्येक कुनासम्म चिसो हावा पु¥याउने उच्च गतिको फ्यान छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार