सुदूरपश्चिममा रवि–बालेनले बोलेका कुडा



सुदूरपश्चिम ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो औपचारिक चुनावी सभा सुदूरपश्चिमबाट सुरु गरेको छ । ‘परिवर्तन उद्घोषसभा’ नाम दिइएको चुनावी अभियान यसअघि मधेश प्रदेशबाट सुरु भएको थियो । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सुरु गरेको रास्वपाले दोस्रो चरणको सभा भने सुदूरपश्चिमबाट शुभारम्भ गरेका हो ।

जनकपुरधामबाट पहिलोपटक चुनावी अभियान प्रारम्भ गरेको रास्वपाको देशव्यापी रुपमा लहर देखिएको छ । पहिलोपटक मधेशमा सँगै झुल्किएका रवि लामिछाने र बालेन शाह सुदूरपश्चिममा सँगै देखा परे । जहाँ देशव्यापी रुपमा देखिएको रास्वपाप्रतिको लहर धनगढी पनि देखियो । कूल १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको गढ मानिन्छ ।

यसपटक रास्वपाले सुदूरपश्चिमका सबै क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । धनगढीको सभामा रास्वपाका कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति थियो, जहाँ बालेन शाह र रवि लामिछाने सटिक सम्बोधन गरे । नमस्कार के छन् हालखबर, सन्चै छौ कि नाई भन्दै सभामा सम्बोधन सुरु गरेका रास्वपा वरिष्ठ नेता बालेन्द्र साहले छोटो सम्बोधनमा महत्वपूर्ण विषय उठान गरे ।

उनले सुरुमै भने, ‘बेली छकालै सुइना देख्याथेँ । सुदूरपश्चिम बनेको देश बनेको । त्यो सपना पूरा गन्र्या हो । पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो ।’ उनले रास्वपाको कुनै ठूलो चुनावी एजेन्डा नरहेको भन्दै खल्तीमा पैसा नभएकाले शिक्षा र उपचार पाउनुपर्ने बताए । उनले भने, ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ बाटो बन्नुप¥यो । उनीहरुले भोट नभएको ठाउँमा बाटो बनाउँदैनन् । रास्वपाले काँग्रेस, एमाले र माआवोदी पनि हिँड्ने बाटो बनाउँछ ।’

पहिला नेताहरुले नेपाललाई स्वीजरल्याण्ड बनाउँछौ भनेको भन्दै स्वीजरल्याण्डको बाउ बडिमालिका, पराकास्टा रामारोशन, खप्तड नेशनल पार्क त्यही रहेको उनको भनाइ थियो । रास्वपा भोट माग्न नआएको भन्दै काम माग्न आएको र उम्मेदवारहरुलाई काम दिन आग्रह गरे । उनले भने, ‘भोट नदिए पनि हुन्छ, काम दिनुहोस् ।’

परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुदूरपश्चिमको अधिकारलाई अल्झाए राख्ने काम बन्द गर्न पुराना दललाई चेतावनी दिए । उनले भने, ‘परदेशबाट बिदा मिलाएर आउनुहोला, देश बदल्नुपर्छ । सधैँ नेताले जिते अब जनताले जित्नुपर्छ ।’

आफू खुद्रा कुरा गर्न नआएको भन्दै सभापति लामिछानेले समस्या पूरा गर्न राजनीतिमा आएको र त्यसका लागि दुई तिहाइसहितको सरकार चाहिएको बताए । उनका अनुसार अन्य दलले रास्वपालाई हराउन भोट मागिरहेका छन् । रास्वपाले पाँच वर्षको स्थायी सरकार मागेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार