फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने



काठमाडौं । आगामी फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ ।निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेको छ । जसअनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा एक÷एक जना स्वंयसेवकहरू खटिनेछन् ।


निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमको मुख्य उद्देश्य आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने रहेको छ । जसमार्फत जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास हुने आयोगको अपेक्षा छ ।मतदानको कार्यमा आम मतदाताको सहभागीता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रमको अर्को उद्देश्य छ । मतदाता शिक्षाका लागि आम सञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम् सेवक परिचालन गरिने छ

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार