चितवन । चुनावी अभियानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् । उनी बिहीबार दिउँसो चितवन पुगेका हुन् । लामिछानेले आज कार्यकर्तासँग भेटघाट गर्ने छन् । उनी चितवन २ बाट चुनाव लड्दै आएका छन् ।

यसपटक पनि उनले चितवन २ बाटै उम्मेदवारी दिएका छन् । उनी माघ ५ गते भएको चुनावी सभाका क्रममा घाइते भएका थिए । केही समय उनी अस्पतालसमेत भर्ना भएका थिए । डिस्चार्ज भएर केही दिन घरमा आराम गरेका लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् ।
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्