किसान सहकारीले सुरु ग¥यो ‘पढ्दै कमाउँदै’ कार्यक्रम



कैलाली ।

कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको छ । संस्थाले स्थानीय सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रूपमा विपन्न समुदायका छात्रछात्रालाई विद्यालयको सिफारिसमा कुखुराका चल्लाहरू वितरण गरि यो कार्यक्रम सुरु गरेको हो ।

संस्थाले पहिलो चरणमा स्थानीय सरस्वती मावि र नवज्योती माविमा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीलाई प्रतिविद्यार्थी ५ वटाका दरले न्यू हिमशिखर र अष्ट्रेलियन लोकल जातका कुखुराका चल्ला वितरण गरेको छ । विद्यार्थीको व्यवसायिक सीप विकास गर्दै परिवारको आयआर्जनमा टेवा पु¥याउनुका साथै अभिभावकलाई व्यावसायिक कुखुरापालनतर्फ आकर्षित गर्ने संस्थाको योजना रहेको छ ।

भविष्यमा विद्यार्थी अथवा अभिभावकले व्यावसायिक कुखुरापालन गर्न चाहेमा संस्थाबाट आवश्यक पूँजी, प्रविधि उपलब्ध गराउने र व्यावसायिक क्षमता अभिवृद्धि गरिदिने संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए । संस्थाले दुईवटा विद्यालयका विद्यार्थीहरूलाई कुखुराका चल्ला वितरणका लागि छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाह, मनिराम न्यौपाने, महाप्रबन्धक डम्बरबहादुर शाह, वडा सदस्य बुधराम चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडकराज भाटले चल्लाहरू वितराण गरेका थिए । विद्यालयका प्रधानाध्यापक दीपक भण्डारीले सुदूरपश्चिममै पहिलो पटक किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थीलक्षित पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे ।

वडा सदस्य बुधराम चौधरीले सहकारी संस्थाबाट सञ्चालन भइरहेका गरिब तथा विपन्नलक्षित कार्यक्रमहरूले समुदायमा आशा जगाएको भन्दै सहकारी संस्थाले आगामी दिनमा समेत समुदायमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने अपेक्षा गरे ।

विसं २०५२ सालमा स्थापना भएको संस्थाले वित्तीय, कृषि र मार्ट गरि तीनवटा व्यावसायिक युनिटहरूमार्फत आप्mना सदस्यलाई सेवा दिँदै आएको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको संस्थामा ९३ हजारभन्दा बढी शेयर सदस्य रहेका छन्। संस्थाको कूल कारोबार ७ अर्ब २० करोड रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार