कांग्रेस सभापति पदमा गगन थापाले दिए उम्मेदवारी



काठमाडौं ।

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्।  काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगन्जमा एक घण्टा वार्ता गरेर फर्केलगत्तै महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दिएका हुन्।

विशेष महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नै लाग्दा देउवाले सहमतिका लागि आज बिहान दुवै महामन्त्री थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवास बोलाएका थिए। तर महामन्त्रीद्वयको मागअनुरूप देउवा तत्काल सभापति पद छाड्न तयार नभएपछि वार्ता बिनासहमति टुंगिएको थियो।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार