काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी लास र दासहरूको पार्टी नभएको बताएका छन् । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो। यहाँ प्रश्न मरेको छैन ।’
उनले महाधिवेशन चलिरहँदा सभापति देउवासहित केही नेताहरूबिच छलफल चलिहरेको समाचार पढेबो भन्दै उनले सभापतिलाई सुझाव दिनेहरूले गलत भनिरहेको बताए ।थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा पनि गरे । महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न चाहेको बताउँदै थापाले भने, ‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ । मलाई थाहा छैन ।’
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्