राप्रपाले बनायो ज्वालालाई इलाम–१ मा प्रत्यक्षतर्फ उम्मेदवार



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको पहिलो उम्मेदवार तय गरेको छ । इलाम क्षेत्र नम्बर १ बाट ज्वाला नेपाललाई राप्रपाले उम्मेदवार बनाउने टुंगो लगाएको हो ।

उनको नाम एकल सिफारिस भएर केन्द्रमा आएको थियो । सोही अनुसार, नाम टुंगो लगाएको राप्रपाका एक नेताले  जानकारी दिए । सूर्योदय नगरपालिका–८ घर भएकी नेपाल हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन् ।

२०७९ को निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेत विजयी भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार