काठमाडौँ ।
अर्थ मन्त्रालयले प्रचलित कानुनमा व्यवस्था भएबाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटेको जनाएको छ ।
मन्त्रिपरिषद्को गत मङ्सिर २९ गते को निर्णयअनुसार उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । उक्त निर्णय अनुसार यस मन्त्रालय अन्तर्गतका ‘निकाय/विभाग/कार्यालयहरूबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटाउने व्यवस्था मिलाइएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्