जाजरकोट।
शुक्रबार दिउँसो जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका-८ बार्न नाउरीघाट भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२००१ च १३२७ नम्बरको जीप पजारूबाट थलह बजार आउने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार मृतकको सनाखत हुन बाँकी छ । घाइतेको उद्धार चलिरहेको छ ।
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्