अभ्यास खेलमा स्कटल्यान्डसँग नेपाल पराजित



काठमाडौं ।

आईसीसि महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भइरहेको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित भएको छ। शुक्रबार दिउँसो सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाइन् । कविता कुँवरले अविजित २९ रन बनाइन् । कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन बनाइन् । स्कटल्यान्डका लागि डार्शी कार्टरले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । क्याथरिन ब्रिसले २८ बलमाअविजित ६२ रन बनाएर रिटायर भइन् । प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले २-२ विकेट लिइन् भने रिया शर्मा र रचना चौधरीले १-१ विकेट लिए । नेपालले स्कटल्यान्डसँग मुख्य प्रतियोगितामा पनि खेल्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार