काठमाडौँ : आगामी माघ १ गते मण्डला थिएटरमा कविता कन्सर्ट हुँदैछ ।‘बजारका कविता’ शीर्षकमा हुन लागेको कन्र्सट रङ्गकर्मी एवं कवि अनुप न्यौपानेले आयोजना गर्न लागेका हुन् । दुई वर्ष पहिले पनि अनुपले कविता कन्र्सट गरेका थिए ।
कन्सर्टमा अनुपले आफ्ना कविता वाचन गर्ने र मेलिना राई, विराज बास्कोटा, समीर भट्टराईको कलात्मक प्रस्तुति रहने जनाइएको छ । अनुपले वाचन गर्ने कवितालाई सङ्गीत भरेर रोचक बनाइने छ । जसमा सङ्गीततर्फ सौरभ चालिसे, सुदीप खतिवडा, रचना घिसिङ र निकोल्सन महर्जनले सहयोग गर्नुहुने कवि न्यौपानेले जानकारी दिए ।
न्यौपाने कविसँगै रङ्गकर्मीसमेत हुन् । उनले ‘सिरुमारानी’, ‘क्याफे’, ‘वैतर्णी’, ‘एन्टिगोनी’, ‘सलेदो’लगायतका नाटकहरुमा अभिनय र ‘कथा एक’, ‘सिरुमारानी’ जस्ता नाटकको निर्देशन गरिसकेका छन् ।
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्