सरकार छाड्न कुलमान घिसिङलाई प्रधानमन्त्री कार्कीको सुझाव



काठमाडौँ :प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कुलमानलाई सरकार छोड्दा राम्रो हुने भनेर सल्लाह दिएको स्रोतले बतायो।

कुलमानले उज्यालो नेपाल पार्टी खोल्ने बेला राजिनामा दिन खोजेका थिए। तर त्यतिखेर प्रधानमन्त्री कार्कीले नै थालेका कामहरू सकेर मात्र जान भनेर रोकेकी थिइन्। उक्त पार्टीमा कुलमान संरक्षकमात्र बने। तर राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनेगरी कुलमानले सहमति गरेपछि भने सरकारमा उनको बसाईलाई लिएर मन्त्रिपरिषदभित्रै र बाहिर प्रश्न उठ्न थालेका थिए। घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्ने सहमति भएको छ। तर उनले शपथ लिइसकेका छैनन्।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार