महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै



कालीकोट ।

कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । विश्व बैङ्कको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरआइपी) कार्यक्रमअन्तर्गत सो सडक स्तरोन्नति गरिने भएको हो ।

सो कार्यका लागि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, प्रदेश तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरइपी)अन्तर्गतको प्रदेशीय परियोजना व्यवस्थापन इकाइ (पिपीएमयु) वीरेन्द्रनगर, सुर्खेतले बोलपत्र आह्वान गरेको छ ।

कर्णाली राजमार्गअन्र्तगत कालीकोटको खाँडाचक्र नगरपालिका–८ को सेराबाडादेखि महावै गाउँपालिकाको मुकाम पान्तडीसम्मको छ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया अगाडि बढेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । महावै गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि दैलेखको महावु गाउँपालिकाबाट पनि सडक निर्माण भइरहेको अध्यक्ष सिंहले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार