हेनरीका पिता विलियम फोर्डले कहिल्यै सपनामा पनि सोचेका थिएनन् कि खेतीको काममा चासो नलिने बच्चा भविष्यमा गएर मोटरकारको निर्माता एवं धेरै ठूलोे उद्योगपति हुनेछ । मोटरकारको विकास एवं मोटर उद्योगमा हेनरी फोर्डको योगदान सधैँ आदरका साथ याद गरिएको पाइन्छ । उनको जीवन संघर्षले बताउछ कि दुनियाँमा कुनै पनि काम असम्भव छैन । काममा निरन्तरता दिइरहेमा एकदिन निश्चय नै सफलता मिल्छ भन्ने कुरा पुष्टि हुन्छ ।
चिन्तामणि घिमिरे
विलियम फोर्ड स्प्रिङगवेल एक परिश्रमी किसान थिए । उनको फार्म आसपासको इलाकामा सबैभन्दा राम्रो मानिन्थ्यो । उनी खेतीमा कडा मेहनत गर्दथे। जब उनको घरमा हेनरीको जन्म भयो तब उनले सोचे कि छोरालाई एक राम्रो किसान बनाउनेछु । जो पछि गएर फार्मको काम गर्न सकोस् । तर सुरुदेखी नै हेनरीले कृषि कार्यमा रुची देखाएनन् । बरु उनी फार्मको मेसिन, यन्त्रलाई मर्मत गर्नमा धेरै रुची लिन्थे ।
उनका पिताले उनलाई फार्ममा लैजान्थे तर त्यहाँ कत्ति पनि उनको मन लाग्दैन थियोे । जब उनी १२ वर्षको पुगेका थिए । उनका पिताले उनको लागि एउटा घडी किनिदिए । हेनरीले पिताकै अगाडी नै घडी खोलखाल पारिदिए । घडी बिग्रियो, तर हेर्दाहेर्दै उनले सबै पूर्जा पÞmेरि फिट गरिदिए । घडी ठिकसँग चल्न लाग्यो । उनले घडी यसकारण खोलेका थिए की त्यो घडीको कार्यप्रणाली जान्नुप¥र्यो कि घडी कसरी चल्छ भनेर। विस्तारै विस्तारै उनी घडीका पार्टपूर्जाहरू जोडन र मर्मत गर्नमा दक्ष भए । मर्मतको लागि उनीसँग धेरै घडीहरू आउन लागे । उनका पिता धेरै खुसी भए, खास गरेर यो बुझेकी उनी सित्तैमा घडी बनाइदिन्थे । धेरै बिग्रिएका घडी पनि बनाइदिन्थे । हेनरीले लुकीछिपी घडी बनाइरहे ।
एकदिन हेनरीले आफ्नो गाउँको सडकमा भापको इन्जिन चलेको देखे । त्यसपछि उनले आफ्नो भविस्यको योजना बनाएर छाडे । अब उनले महसुस गर्न लागे कि स्प्रिङ्गवेल जस्तो गाउँमा उनी केही गर्न सक्दैनथे । अतः १६ वर्षीय किशोर हेनरी घरबाट भागेर निक्ले र डेट्रायटतर्फ लागे ।
त्यहाँ उनलाई एउटा कारखानामा काम मिल्यो जसमा रेलको डब्बाहरू तयार हुन्थे । यद्यपि आफ्नो योग्यताको कारण ६ दिनपछि उनलाई कामबाट निकालियो । भएको यो थियो कि एक मेसिनमा केही खराबी देखा प¥र्यो, जसलाई त्यस कम्पनीको पुरानो मिस्त्रीले मेसिनमा देखापरेको खराबी पत्ता लगाउन सकेन र मेसिन मर्मत हुन सकेन । हेनरीले त्यस खराब भएको मेसिनलाई आधा घण्टामा ठिक पारिदिए । यसपछि कम्पनीले उनलाई कामबाट निकालिदियो । पुरानो अनुभवी मिस्त्रीले बनाउन नसकेको मेसिन हेनरीले बनाएपछि कम्पनीलाई लाग्यो कि पुरानो अनुभवी मिस्त्रीको अपमान भयो भन्ने । हेनरीलाई तुरुन्तै अर्को कारखानामा काम मिल्यो । एकदिन घर फर्कँदै गर्दा सडकमा हेनरी एउटा केटासँग अचानक ठोक्किन पुगे । जसबाट त्यस केटाका सबै सामान भुइँमा खसे । त्यो केटा रुन लाग्यो कि डब्बामा भएका सबै घडीहरू फुटे होलान भनेर । हेनरीले उसलाई विश्वास दिलाए कि ती घडीहरू केहिबेरमै ठिक हुनेछन् । नभन्दै घडीको दोकानमा गएर सबै घडीहरू ठिक गरिदिए । दोकानदार धेरै खुसी भयो । उसले हेनरीलाई घडीहरूको मर्मतको लागि काममा राख्यो । तर हेनरीलाई दोकानको पछाडी बसेर काम गर्न पथ्र्यो । किनकि दोकानदारलाई यस्तो लाग्थ्यो कि एउटा काँचो अल्लारे उमेरको केटालाई घडी बनाउँदै गरेको देखेर उसका ग्राहक कतै भड्किने त होइनन् भन्ने चिन्ताले सताएको हुन्थ्यो । तर, हेनरीको कार्यकुशलता माथी दोकानदारलाई पूरा विश्वास थियो ।
१९ वर्षको उमेरमा उनले क्लारा नाम गरेकी युवतीसँग विवाह गरे । तर उनलाई लाग्यो कि घरमा बसेर कार बनाउने सपना पूरा हुन सक्दैन । अतः उनी पत्नीसहित पुनः डेट्रायट गएर एक बिजुली घरमा काम गर्न लागे । खाली समयमा घरमा काम गर्थे । उनले पेट्रोलबाट चल्ने एउटा गाडी बनाए । ती दिनहरूमा अमेरिकामा कारहरूको प्रतिस्पर्धा हुन थालेको थियो । उनले पनि आफ्नो कार दौडाए । उनी विजयी भए । फेरि उनले नयाँ कार बनाए । त्यस मोडेलको नाम ‘९९९’ राखे । यसको सट्टामा छिटो दौड्ने कुनै कार सारा अमेरिकामा त्यस समयमा थिएन । उनले छिटो दौड्ने कारको निर्माण गरे । यस समस्याको समाधानबाट उनी विश्व प्रख्यात भए । सन् १९०३ को गर्मी मौसममा उनले फोर्ड मोटर कम्पनीको स्थापना गरे । यस कम्पनीमा ‘मोडेल टी’ नामक कारको ठूलोे मात्रामा उत्पादन शुरु भयो । कार राम्रोसँग बिक्न लाग्यो । सन १९१० मा फोर्डको कारखानाबाट १८६०० मोटरगाडीहरू उत्पादन गरिए र यो उत्पादन सङ्ख्या १९१४ मा २५०००० भन्दा पनि माथि हुन गयो । हेनरीका पिता विलियम फोर्डले कहिल्यै सपनामा पनि सोचेका थिएनन् कि खेतीको काममा चासो नलिने बच्चा भविष्यमा गएर मोटरकारको निर्माता एवं धेरै ठूलोे उद्योगपति हुनेछ । मोटरकारको विकास एवं मोटर उद्योगमा हेनरी फोर्डको योगदान सधैँ आदरका साथ याद गरिएको पाइन्छ । उनको जीवन संघर्षले बताउछ कि दुनियाँमा कुनै पनि काम असम्भव छैन । काममा निरन्तरता दिइरहेमा एकदिन निश्चय नै सफलता मिल्छ भन्ने कुरा पुष्टि हुन्छ ।









प्रतिक्रिया दिनुहोस्