काठमाडौँ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा काठमाडौँसहित देशका विभिन्न सहरहरूका सडकमा जेन जीहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा प्रहरीको गोली लागेर २० जनाको ज्यान गइसकेको छ।
काठमाडौँमा १८ र इटहरीमा २ जनाको ज्यान गएको हो। काठमाडौँको ट्रमा सेन्ट्रम ७ जनाको मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए।
मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ। अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।









प्रतिक्रिया दिनुहोस्