निर्णायक खेलमा नेपाल ‘ए’ ले दियो आसामलाई विशाल लक्ष्य



काठमाडौं ।

भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आसामलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ‍३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए ।

आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २-२ विकेट लिए । बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।

त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी भएको थियो । आजको खेल जित्ने टोलीले शृंखला ३-२ ले जित्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार