काठमाडौँ ।
वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीहरुको भिसा आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो ।
क्यानका अनुसार नेपाली टोली असोज ६ गते (सोमबार) युएई प्रस्थान गर्नेछ। शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन ।
यूएई जाने नेपाली टोलीको बिहीबार नै बिदाइ गरिएको थियो ।
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्