काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउण्डर वरियतामा चौथो स्थानमा खस्किएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियताअनुसार दीपेन्द्र चौथोमा छन् । जिम्बाबेका अलराउण्डर सिकन्दर राजा तेस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र तेस्रोबाट चौथोमा झरेका हुन् ।
नेपाली टोलीले करिब ३ महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यसबीचमा हुने अन्य टोलीका खेलाडीहरूको प्रदर्शनले पनि अन्यको स्थानमा फेरबदल ल्याउने गर्छ । जिम्बाबेले हाल नामिबियासँग शृंखला खेलिरहेको छ । त्यहाँ राजाले गरिरहेको प्रदर्शनबाट उनको वरीयता बढेको हो ।
राजाको २१० रेटिङ छ भने दीपेन्द्रको २०९ रेटिङ छ । अलराउण्डर वरीयताको शीर्ष स्थानमा हार्दिक पान्ड्या यथावत् छन् । पाँचौँमा वेस्ट इन्डिजका रस्टन चेज छन् । नेपालले सेप्टेम्बरको अन्तिममा वेस्ट इन्डिजसँग टी–२०आई शृंखला खेल्दैछ ।









प्रतिक्रिया दिनुहोस्