BREAKING: उपेन्द्र जोडिएको गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्चको परमादेश



रौतहट ।

रौतहटको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश गरेको हो ।

बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी त्रिभुवन साह समेतले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला सरकारी वकिल कार्यालय रौतहट, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले परमादेशको आदेश गरेको हो ।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले निवेदकको मागबमोजिम रिट जारी भएको लोकान्तरलाई जानकारी दिए । घटनामा मारिएका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदा समेत छानबिन अघि नबढेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार