गत आर्थिक वर्षको वैशाख जेठ महिनातिर सडक मर्मतसम्भार गर्ने भन्दै कोहलपुर–नेपालगन्ज सडकखण्डको कोहलपुरदेखि हवल्दारपुरसम्मका विभिन्न स्थानमा सडक खनेर अलपत्र छाडियो । सडक मर्मतका नाममा खनेर अलपत्र छाडिँदा गत जेठ २१ गते राति भत्काएको सडकका खाल्डामा मोटरसाइकल दुर्घटना हुँदा कोहलपुरका एक युवाले अकालमा ज्यान दिनुप¥यो । अलपत्र सडककै कारण मोटरसाइकल दुर्घटनामा परी एक होनहार युवाको ज्यान गयो । त्यसपछि केही दिनसम्म खनेका खाडलहरूमा माटो भरिएजस्तो गरियो । बर्खा लाग्यो । पानी प¥यो । ती भरिएका माटोहरू पानीले बगायो । उक्त स्थानहरूमा झनै ठुला ठुला अप्ठ्यारा खाडलहरू बने तर यतिका दिनसम्म पनि सम्बन्धित सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेको छ । चारलेनको मुख्य सडकमा दैनिक सयौँ होइन साना ठुला गरेर हजारौँ सवारीसाधन गुड्ने गर्छन् । हरेक दिनजसो उक्त स्थानहरूमा सानातिना दुर्घटनाहरू हुँदै आएका छन् ।
सरकारले नागरिकलाई सडकमा धराप थापेर बसेको छ । मर्मतसम्भारका नाममा भत्काएर बिगारिएको सडक पुनर्निर्माण हुन के अझै अरु नागरिकले पनि ज्यान दिनुपर्ने हो ? सम्बन्धित सरोकारवाला निकाय सडक विभाग र स्थानीय प्रशासनले किन ध्यान दिएका छैनन् ? सडक मर्मतका लागि ठेक्का लिएको ठेकेदार कम्पनीले किन यसरी नागरिकको ज्यान जानेगरी सडकमा धराप थापेको हो ? किन समयमै सडक पूर्णरूपमा मर्मतसम्भार हुन सकेको छैन् ? महिनौँ दिनसम्म सडक बिगारेर हजारौँ नागरिकको ज्यान जोखिममा राख्न पाइन्छ ? सडक विभागले किन यस्तो लापरवाही गरिरहेको छ ? आम सर्वसाधारण नागरिकले अहिले प्रश्न गरिरहेका छन् । सडक छिटोभन्दा छिटो पूर्णरूपमा मर्मतसम्भार गर्न जरुरी छ । मानव अधिकारकर्मी, नागरिक समाज, राजनैतिक दल तथा सरोकारवाला सबैले सडक मर्मत गर्नका लागि दबाब दिनु जरुरी छ । सडक छिटोभन्दा छिटो मर्मत गर्न भन्दै नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले विभिन्न चरणमा दबाबमूलक कार्यक्रमहरू गर्दै आएको छ ।
जुन अत्यन्तै सराह्रनीय छ । माओवादी मात्र नभएर सबै एकजुट भएर तत्काल सडक मर्मतसम्भार गर्नका लागि सम्बन्धित सरोकारवाला निकायलाई दबाब दिन र खबरदारी गर्न जरुरी देखिन्छ । माओवादी केन्द्रले सडक छिटो मर्मत गर्न भन्दै केही दिनअघि जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगन्जको ध्यानाकर्षण समेत गराएको थियो । सडकको मर्मत अविलम्ब पूरा नगरिए सडक डिभिजन कार्यालयविरुद्ध संघर्षका कार्यक्रम समेत गरिने चेतावनी दिइएको थियो । तरपनि अझैसम्म उक्त बिगारिएको सडक हालसम्म मर्मत गर्ने सुरसार देखिँदैन् । यतिका दिनसम्म पनि सडक मर्मत नगरिँदा बुधबार माओवादी केन्द्र कोहलपुरले पुनः दबाबस्वरुप भत्काइएको सडकमै उभिएर पत्रकार सम्मेलनको आजोजना समेत ग¥यो ।
सडकमै उभिएर तत्काल सडक मर्मत गर्न भन्दै खबरदारीस्वरुप दबाब सिर्जना ग¥यो । सडक मर्मत गर्न भन्दै गत साउन २१ गते जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगन्जलाई ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराएको माओवादीले एकहप्ता पुग्दासमेत सडक मर्मत गर्ने सुरसार नदेखेपछि दबाबस्वरुप बुधबार सडकमै पत्रकार सम्मेलन गरेर खबरदारी गरेको छ । यसप्रकारका सार्वजनिक सरोकारका विषयहरूमा कुनै एक पार्टीले मात्र आवाज उठाएर पुग्दैन् । दैनिक हजारौँ नागरिक जोखिम मोलेर उक्त सडक भएर यात्रा गर्दै आएका छन् । पैदलयात्रीलाई समेत हिँड्न अप्ठ्यारो हुने गरेको छ । प्रत्यक्षरूपमा आम सर्वसाधारण नागरिकले दैनिकरूपमा प्रयोग गर्ने सडकजस्तो संवेदनशील विषयमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबाटै खेलबाड गरिरहेको पाइन्छ । सडक मर्मतका नाममा महिनौँदेखि सडकमा धराप थापेर नागरिकको जीवनसँग खेलबाड गर्नु उचित होइन । अब तत्काल सरोकारवाला निकायको उक्त सडक पुनर्निर्माण गर्न गम्भीर ध्यानाकर्षण होस् ।









प्रतिक्रिया दिनुहोस्