‘बलिदान’का ४ क्यारेक्टर पोस्टर सार्वजनिक



काठमाडौँ ।

दसैँको फूलपातीमा प्रदर्शन हुन लागेको फिल्म ‘बलिदान’का ४ क्यारेक्टर पोस्टर सार्वजनिक भएका छन् । कलाकार अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनले निर्वाह गरेका चरित्रको पोस्टर सार्वजनिक गरिएको हो । सेन यो फिल्मका निर्देशक समेत हुन् । पोस्टर सार्वजनिक गर्दै सेनले भनेका छन्, ‘यी तस्बिर केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्र हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।’

बुढाथोकी प्रशस्तै फिल्ममा खलपात्रको चरित्र निर्वाह गरेका अनुभवी अभिनेता हुन् । निर्देशक सेनले बुढाथोकीको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, ‘जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ ।’ यसअघि कलाकार समीर भट्ट र कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ । अभिनेता सौगात मल्लको लुक्स पनि उनको जन्मदिनमा आइसकेको छ ।

फिल्मको प्रचारलाई नयाँ उचाइमा पु¥याउँदै निर्माताले देशभर ‘बलिदान ब्यानर’ अभियान चलाएका छन्, जसमा देशैभर ठुलोे आकारका ब्यानर राखिएका छन् । आसुसेन फिल्म्स प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिष्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार