काठमाडौं ।
स्पेनिस क्लब बार्सिलोनाले युवा स्टार लामिन यामललाई क्लबको ऐतिहासिक १० नम्बर जर्साी प्रदान गरेको छ। यो जर्सी सन २००८ देखि २०२१ सम्म अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लगाएका थिए । केही दिनअघि आफ्नो १८औं जन्मदिन मनाएको यमालले अब यो जर्सी आगामी सिजनदेखि लगाउनेछन् ।
यसअघि मेस्सी बाहिरिएपछि बार्सिलोनामा १० नम्बरको जर्सी अन्सु फातीको थियो । उनी पनि एएस मोनाकोमा लोनमा गएका छन् ।
यामलले नयाँ जर्सीबारे भनेका छन्, ‘बाल्यकालदेखि मेरो सपना बार्सिलोनाको पहिलो टिममा खेल्नु र १० नम्बर लगाउनु थियो । मेस्सीले आफ्नो बाटो बनाएका छन्।
म मेरो बनाउनेछु ।’ १० नम्बर जर्सी मेस्सीसँगै रोनाल्डिन्हो, रिभाल्डो, रोमारियो र डिएगो माराडोनाजस्ता चर्चित खेलाडीहरूले पनि लगाउने गरेका थिए । सन २०२२÷०२३ को सिजनमा बार्सिलोनासँग आबद्ध भएका यामलले पहिलो सिजन १ खेल मात्र खेल्दा त्यसयता १०३ खेल खेलेका छन् र २५ गोल गरेका छन्।
उनले दुई ला लिगा, एक कोपा डेल रे र एक सुपरकोपा जितेका छन्। भर्खरै मात्र बार्सिलोनाले उनीसँग सन २०३१ सम्मका लागि सम्झौता नवीकरण गरेको छ । यमालले अबको लक्ष्य बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्नु भएको बताए ।









प्रतिक्रिया दिनुहोस्