काठमाडौं ।
आईसीसी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु भएको छ । बिहिवारबाट सुरु भएको क्लोज क्याम्पमा ३२ खेलाडी सहभागी छन् । क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद आदिल आलमले पनि कमब्याक गरेका छन् ।
नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप छनोट खेल्नेछ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन । उक्त छनोटअघि नेपालले विभिन्न देशमा अभ्यास खेल खेल्नेछ ।
प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्