प्रचण्ड खत्री । रूकुम पश्चिम ।
रूकुम जिल्लाको आठबिसकोट नगरपालिका–४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।
सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको आठविसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए । नगर अस्पतालमा उपचार सम्भव नभएपछि विक र नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो ।
नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिममार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमाबच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्